कृति भेन्चर फण्डको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले ४० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले गत पुष २५ गतेदेखि विक्रीमा ल्याएको उक्त हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।
कम्पनीले १ बराबर ०.४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । ३५ दिनको सूचना प्रकाशित गर्दै बिक्रीमा ल्याएकोमा तोकिएको अवधि भित्र माग अनुसारको आवेदन नपरेपछि १५ दिनको अवधि थप गरिएको हो ।
फागुन २१ गतेसम्म कम्पनीको रजिष्टर्ड कार्यालय, बागदरबार, काठमाडौंमा हकप्रद शेयर खरीदको आवेदन पेश गर्नुपर्नेछ ।