यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा धेरै समय पछि सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.५७ अकंले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत२६९ कम्पनीको ४७ लाख ७९ हजा ७९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको कारोबार भएको छ ।
बुधबार हिमालयन डिष्टीलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १३ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५२ लाख रुपैयाँको कारोबार भएकोछ ।
