एकाएक घट्यो सेयर बजार, लगानीकर्ता के कुरि रहेका छन् ? « Arthapath.com
१४ असार २०८२, शनिबार

एकाएक घट्यो सेयर बजार, लगानीकर्ता के कुरि रहेका छन् ?



काठमाडौं । सेयर बजारमा आज पहिरो गएको छ । केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार ओरोला लागेको हो ।

लघुवित्तहरुले ग्रामिण भेगका गरिबहरुको आत्महत्यादेखि घरवास नै उजाडिन गुगेका त कतै गाउँ छोडेर भाग्नुसम्म परेको घटनाहरुले खुबै चर्चा पाएसँगै कम्पनीले नरहने प्रश्न उठ्न थाले पछि सेयर बजारमा कम्पनीको सेयर राताम्य भएको हो । आज ४१ लघुवित्त ओरालो लाग्दा सेयर बजार प्रभावित बन्न पुगेको छ ।

लघुवित्त वित्तीय संस्थालाई ऋण लगानीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरेको हो । एउटै ऋणीलाई डेढ दर्जनसम्म लघुवित्तले ऋण लगानी गर्दासमेत मौन बसेको राष्ट्र बैंकले अहिले आएर कर्जा लगानीमा कडाइ गरेको हो । सोहि कारण सेयर बजार राताम्य हुन पुगेको हो ।

सार्थै, राष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्प कमल दाहालले कागे्रससँग छलफलमा जुटेपछि यहि सरकारमा एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेल पदमुक्त हुनेल डरले समेत सेयर बजार ओरालो लागेको जानकारहरु बताएछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारको दिन १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.७८ प्रतिशत, विकास बैंक समूहको १.४४ प्रतिशत, फाइनान्स समूहको २.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.०८ प्रतिशत, हाइड्रोपावर समूहको २.२२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

त्यसैगरी, आज छिमेक लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ७० लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । साथै, एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको ७ करोड २१ लाख रुपैयाँ र साना किसान लघुवित्तको ६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत २६० कम्पनीहरुमध्ये २४ कम्पनीको सेयर घटेको छ । आज सर्वाधिक नेपाल हाइड्रो डेभलोपरको ४.८२ प्रतिशतले बढेको हो ।बिहिबार सर्वाधिक लघुवित्तका सेयरधनीहरुले गुमाएका छन् । ४१ लघुवित्तका नकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्