सेयर बजार झिनो अकंले घट्यो, झण्डै २ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार झिनो अकंले घटेकोछ । एमालेले पुष्प कमल दाहाल प्रचण्डको सरकारबाट बाहिरने निर्णय गरेकोछ । एमाले सरकारबाट बाहिरिएसँगै अर्थमन्त्री विष्णु पौडेललको पद समेत मुक्त भएको छ । लगानीकर्ताले निकै रुचाएका पौडलको पदमुक्त भएपछि लगानीकर्ता केही डराउदैं सेयर बजारमा खासै सुधार आउन सकेको छैन ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ ।
नेप्से झिनो अकंले घट्दा आज ५ उपसूचक हरियाली भएको छ । आज होटल तथा पर्यटन समूहको १.३८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.५१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०८ प्रतिशत, अन्य समूहको ०.८० प्रतिशत र ब्यापार समूहको ०.५९ प्रतिशतले सेयर मूल्य बढेको हो । अन्य ८ उपसूचक भने राताम्य भएका छन् ।
