स्वाभिमान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
१४ असार २०८२, शनिबार

स्वाभिमान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । सेयर बजार झिनो अकंले घटेको छ । हिजो सामान्य सुधार आएको बजार आज भने ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ ।

आज स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ९.७३ प्रतिशतले बढेको हो । कम्पनीको सेयर आज प्रतिकित्ता १३२ रुपैयाँले बढेर १ हजार ४८९ रुपैयाँ पुगेको छ ।

साथै, सामलिङ पावरको ९.३५ प्रतिशत, तारागाउँ रेजेन्सि होटलको ७.९६ प्रतिशत, उपकार लघुवित्तको ७.२२प्रतिशत र ओरियन्टल होटलको ६.५० प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्