सेयर बजारमा सामान्य करेक्सन, कारोबार भने खुम्चियो

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन आएको छ । हिजो समेत झिनो ओरालो लागेको बजार आज पनि सोही निरन्तता पाएको हो । पुँजी बजारमा राजनीतिको छाँया अब विस्तारै सकिंदै जाने संकेत मिलेको छ ।
किन भने सोमबार एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णयसँगै सेयर बजारले तत्कालका लागि प्रतिक्रिया दियो । नेप्से फराकिलो अंकले घट्यो । तर अन्तिम प्रहरसम्म आइपुग्दा बजारमा सुधार हुँदै गयो ।
सरकार तथा नियामकका नीति, बैंकिङ तरलता, लगानीकर्ताको मनोविज्ञान अनि सेयर बजारसँगै समग्र अर्थतन्त्रको साइकलले पनि उत्तिकै असर गरिरहेको हुन्छ । सोहि कारण पनि सेयर बजार प्रभावित बन्दैं गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८१ अकंले घटेर २०१९.७३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार ४ .उपसूचकमा हरियाली आएको छ भने ९ उपसूचक राताम्य भएका छन् । आज हाइड्रोपावर समूहको ०.८९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३७ प्रतिशत र ब्यापार समूहको ०.०१ प्रतिशतले सेयर मूल्य बढेको हो ।
