सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुने, ४ लाख भन्दा बढीले १० कित्ता पाउने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार ( चैत ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेका अनुसार प्रिअलटमेन्ट आज (चैत ५ गते) सम्पन्न भएको र बुधबार बिहान क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिए ।
कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ ।
सिडिएसका अनुसार १४ लाख १२ हजार ०१३ जना आवेदकले १ करोड ६२ लाख ४० हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन । जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने ३ जना आवेदकले ११ कित्ता सेयर प्राप्त गर्ने छन् ।
कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरी सकेको छ ।
बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो।