दोहोरो अंकले बढ्यो सेयर बजार: कारोबार रकममा पनि सुधार, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ ।
सोमबार बजार २२.६५ अंकले बढेको हो । सो दिन बजार परिसुचक १९.४९.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।

आज कारोबार रकममा पनि सुधार आएको छ । सो दिन १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच भएको छ ।
आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सो दिन कम्पनीको ७ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको पनि ६ करोड १९ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस्तै, सिटिजन बैंकको पनि ५ करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
