कालिञ्चोक दर्शनको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

कालिञ्चोक दर्शनको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बुधवार कम्पनीको कुल ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ ।
कम्पनीको भोलि अर्थात चैत ९ गते बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपन रेञ्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्