सेयर बजार दोहोरो अकंले घट्यो, १३ उपसूचक राताम्य हुदाँ १ अर्ब ३३ करोडको कारोबार

काठमाडौंं । अघिल्लो कारोबार दिन दोहोरो अकंले सुधार आएको बजार आज ओरालो लागेको छ । अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको अवस्थामा सरकारको भइरहेको गतिविधिले सेयर बजारमा उत्साह छाउन सकेको छैन ।
प्रधानमन्त्री पुष्प कमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन् । अब देशले नयाँ अर्थमन्त्री समेत पाउने छ । अब आउने नयाँ मन्त्रीले लगानीकर्ताको मनोभावना लाई कसरी बुझ्छ भन्ने अन्यौलले लगानीकर्ता डराएको अवस्था रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६३ प्रतिशत, विकास बैंक समूहको १.२८ प्रतिशत, फाइनान्स समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको १.१४ प्रतिशत र हाइड्रोपावर समूहको १.३ प्रतिशतले सेयर मूल्य घटेको हो ।
