नेपाल लाइफ र एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ । आज बजार दोहोरो अकंले घट्दा परिसूचक समेत १९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड १९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख ९५ हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख ५५ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
