एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
१३ असार २०८२, शुक्रबार

एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।

आज माया खोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर आज प्रतिकित्ता २६ रुपैयाँ ५० पैसाले बढेर २९३ रुपैयाँ पुगेको छ ।

साथै, सपोर्ट लघुवित्तको ६.११ प्रतिशतर्, एनएमबि ५० को ५.७१ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.६३ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्