नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य समायोजन « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

बुधबार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन भएको हो । कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो ।

समायोजनपश्चात यसको मूल्य २५३ रुपैयाँ २७ पैसा कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य २७१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

अब बिहिबार (चैत ९ गते) देखि सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्