राष्ट्र बैंकले कैंची चलाएपछि लघुवित्तको सेयरमा पहिरो

काठमाडौं । बजारमा आज सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अकंले बढेर १९०६ बिन्दुमा बन्द भएको छ ।
लगानीकर्तालाई सरकारले विश्वासको वातारण सिर्जना गरेसँगै आज बजार सुधार भएको हो । पूँजी बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।
आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयरका नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता १५३ रुपैयाँ ५० पैसाले घटेको हो ।
साथै, जाल्पा सामुदायिक लघुवित्तको ८.३० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ६.९७ प्रतिशत, माहुली लघुवित्तको ५.२९ प्रतिशत,उपकार लघुवित्तको ५.१२ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले अधिकतम १५ प्रतिशत लाभांश घोषणा गर्ने निर्देशन दिएको थियो । सोहि बमोजिम सो भन्दा बढी लाभांश घोषणा गर्ने कम्पनीको लाभांश सशोधन राष्ट्र बैंकले गर्ने थाले पछि लघुवित्तको सेयरका पहिरो गएको हो ।
