सगरमाथा जलविद्युतको आइपीओ भोलि बाँडफाँट हुने, साढे ३ लाखले १०/१० कित्ता पाउने « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

सगरमाथा जलविद्युतको आइपीओ भोलि बाँडफाँट हुने, साढे ३ लाखले १०/१० कित्ता पाउने



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएकाृ छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार प्रिअलटमेन्ट चैत १४ गते सम्पन्न भइ सकेको र भोलि (चैत १७ गते) दिउँसो ३ः३० मा आइपीओ बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार १४ लाख ३३ हजार ७१७ जना आवेदकले १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन ।

जसमा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले आइपीओ प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्