अर्थमन्त्री महतलाई सेयर बजारको रातो कार्पेट

काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएको छ । शुक्रबार प्रकाशसरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको सपथ लिएका हुन । नयाँ अर्थमन्त्रीलाई सेयर बजार भने रातो कार्पेटले स्वागत गरेको छ । उद्यपी, अर्थमन्त्री महतले भने लगानीकर्ताको हक हित र बजार सुधारलाई आफु लागि पर्ने बताएका छन् ।
केहि साता यता बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताले अर्बौ रकम गुमाएका छन् । लगानीकर्ताको अहिलेको मुख्य माग नै बजार सुधारका लागि ब्याजदर एकल बिन्दुमा झार्नु पर्ने, सरकारले उपयुक्त बातावरण बनाउनु पर्ने भन्दैं आइरहेको छन् । सरकारी पक्षको ब्यक्तिले पनि आश्वासन दिदैं आएको भए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्रत्यक कार्यक्रममा अहिले सेयर होल्ड गर्ने बेला रहेको बताउदैं आएकाले पनि बजार सुधार तिर जान नसकेको जानकारहरु बताउछन् ।
अर्थतन्त्र निकैं निराशाजनक तिर लम्किरहेको भन्दैं बजारमा चर्चा हुने गरेको छ । सोहि कारण पनि बजार सुधार आउन नसकेको लगानीकर्ताको प्रतिक्रिया रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अकंले घटेर १८८५.५५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ ।
आइतबार बजार घटेसँगै १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.०८ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको १.४७ प्रतिशत, होटल तथा प्रर्यटन समूहको ०.६० प्रतिशत लगायत १३ उपसूचक नै राताम्य भएका हुन ।

आज एनआइसी एशिया बैंकको ५ करोड ५ लाख ६२ हजार रुपैयाँ र शिवम सिमेन्टको ४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कालिञ्चोक दर्शनको सेयरका सकारात्मक सर्किट लागेको छ भने स्वाभिमान लघुवित्तका सेयरधनीले ९.६१ प्रतिशतले सेयर घटेको छ ।