नेप्सेमा किसान लघुवित्तको सेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा आउने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेप्सेमा किसान लघुवित्तको सेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेमा ७ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६१२ रुपैयाँ १५ पैसा कायम गरेको छ । कम्पनीको सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम ६५५ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर दोस्रो बजारमा भोलि अर्थात चैत २० गतेदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्