आइएमई जनरलको १० लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार कम्पनीले ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
अब कम्पनीको सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।