तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक « Arthapath.com
१२ असार २०८२, बिहीबार

तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से २३.६४ अकंले घटेर १९०८.०४ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आर्दश लघुवित्त, कालिञ्चोक दर्शन, मोलुङ हाइड्रपावरको सेयर सर्किट लागेको हो ।

साथै, सिभिल बैंक डिभेञ्चरको ६.१० प्रतिशत, सामलिङ पावरको ४.९९ प्रतिशत, लक्ष्मी विकास बैंक डिभेञ्चर २०८ को ४.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्