सेयर बजारमा छैन रौनक, अर्थमन्त्री महतले रिझाउलान् त जनार्दन शर्मासँग रुष्ट लगानीकर्ता ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

सेयर बजारमा छैन रौनक, अर्थमन्त्री महतले रिझाउलान् त जनार्दन शर्मासँग रुष्ट लगानीकर्ता ?



काठमाडौं । नयाँ वर्ष सुरु भए यता बजार निरन्तर ओरालो लागि रहेको छ । बजार आज झिनो अकंले ओरालो लागेको हो ।

अब केहि दिन भित्र बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण समेत प्रकाशित हुदैं छ । कम्पनीहरुको को कति बलियो छ ? कुनको नाफा कति छ ? भन्ने अन्यौलले पनि लगानीकर्ता वित्तीय रिपोर्टको पर्खाइमा रहेको जानकारहरु बताउछन् ।

अर्थमन्त्रालय बजेटको तयारीमा जुटेको छ । जसका लागि सबैं क्षेत्रबाट सल्लाह, सुझाव लिइ रहेको छ । अघिल्लो वर्ष अर्थमन्त्री जनार्दश शर्मा हुदाँ रुष्ट लगानीकर्ता यस पटक अर्थमन्त्री प्रकाश सरण महतको भरमा परेका छन् । अर्थमन्त्री महतले पनि बजार सुधारका लागि आफ्ना हरेक कदम सकरात्मक हुने हुदाँ ढुक्क भएर लगानी गर्ने आश्वासन दिइ रहेका छन् । सो कारण पनि अब बजारले गति लिन केही जानकारहरुको राय छ । सरकार पक्षले अर्थतन्त्रीको मुख्य मेरुदण्ड पूँजी बजार सुधारका लागि सरकात्मक भइरहेका छन् ।

लगानीकर्ता अझैं अन्यौलमा रहेका छन् । बैंशाख देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका छ, निक्षेपमा पनि पछिल्लो समय आकर्षक सुधार आइरहेको छ, अर्थतन्त्रका अधिकांश सूचक समेत सकारात्मक भइरहेको बेला बजारले भने ओरालो यात्रा तय गरी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर १९०४.९८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको १.१७ प्रतिशत,म्युचुअल फण्ड समूहको ०.५६ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज प्रभु बैंकको प्रोमोटर सेयरको ५ करोड २६ लाख ३२ हजार रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ९८ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कालिञ्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्