के भयो आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

के भयो आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ?



काठमाडौं । साताको तेस्रो दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकम समेत खुम्चिएको छ ।

आज लगानीकर्ता नेष्डो समृद्ध लघुवित्तको सेयर बिक्री गर्ने झुम्मिएका छन् । नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश संशोधन गरी १७.७३४२ मा जारेको छ । ७३.६८४२ प्रतिशत लाभांश प्राप्त गर्ने आशामा रहका लगानीकर्ताहरु राष्ट्र बैंकको कदम प्रति आत्तिएका छन् ।

आज कम्पनीको १६ हजार १० कित्ता बराबरको ३ करोड ३६ लाख ५५ हजार ६१४ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य पनि आज खुम्चिएको छ ।

मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ ५० पैसाले घटेर १ हजार १०९ रुपैयाँमा सिमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्