नेप्सेमा दोहोरो अकंको सुधार, कारोबार रकम भने निरन्तर खुम्चिदैं

काठमाडौं । नयाँ वर्ष सुरु भएको चौथो दिन भने सेयर बजारमा सुधार आएको छ । निरन्तर ३ दिन ओरालो लागेको बजार आज भने सुधार तिर लम्किएको हो ।
बैंक तथा वित्तीय संस्थाका त्रैमासिक रिर्पोट सार्वजनिक भइरहेका छन् । त्रैमासिक रिपोर्टमा सुधार आउने अपेक्षाले लगानीकर्ता हौसिएका छन् । यता, लघुवित्तले सेयर बजारमा राम्रो हिस्सा ओगटेको छ । लघुवित्तको लाभांश राष्ट्र बैंकको कैचि प्रयोग लगायत भइरहेका आन्दोलनले केही लगानीकर्ता भने डराएको हुदाँ बजार अपेक्षा अनुसार माथि भने उठ्न सकेको छैन ।
अर्थमन्त्रालय बजेटको तयारीमा जुटेको छ । जसका लागि सबैं क्षेत्रबाट सल्लाह, सुझाव लिइ रहेको छ । लगानीकर्ताले पनि गत आर्थिक वर्षको बजेट जस्तै बजारका लगानीकर्ताको मनोबल नगिराउन अनुरोध गरी रहेका छन् । अर्थमन्त्री प्रकाश सरण महत पनि लगानीकर्ताका माग र सुझावलाई सकारात्मक तयारीले हेरेको बताउदै आएका छन् । सोहि कारण पनि लगानीकर्ता हौसिएका हुन् ।
बैंशाख देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका छ, निक्षेपमा पनि पछिल्लो समय आकर्षक सुधार आइरहेको छ, अर्थतन्त्रका अधिकांश सूचक समेत सकारात्मक भइरहेको हुदाँ अब बजार तल झर्ने कुनै आंकडा नदेखिएको केही जानकारहरुको राय रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ ।
बुधबार १२ उपसूचक हरियाली भएका छन् । यता, म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र ०.४७ प्रतिशतले घटेको छ । बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको १.२७ प्रतिशत, फाइनान्स समूहको १.१३ प्रतिशतले सेयर मूल्य बढेकोछ ।

आज स्वाबलम्बन लघुवित्तको ८ करोड ८३ लाख रुपैयाँ र नलिब बैंकको ३ करोड ६६ लाख १७ हजार रुपैयाँको कोरोबार भएको छ ।
