दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१२ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको चौथो कारोबारको दिन भने सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ ।

आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार कालिञ्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।

साथै, गुराँस लघुवित्तको ९.५९ प्रतिशत, एनसिसि डिबेञ्चरको ८.२१ प्रतिशत र मैलुङ पावरको ८.६ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्