वित्तीय रिपोर्ट कुरेर बसेका लगानीकर्ता फेरी, बजार दोहोरो अकंले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारले ओरालो यात्रा तय गरेको छ । हिजो सुधार आएको बजार आज फेरी गिरावट आएको हो ।
आज बैंक तथा वित्तीय संस्थाले आफ्ना तेस्रो त्रैमामिक विवरण सार्वजनिक गरेका छन् । सेयर बजार ठूलो हिस्सा रहेको बैंक तथा वित्तीय संस्थाको रिपोर्ट उत्साहजन नआउदाँ लगानीकर्ता पनि निराश बनेका छन् । बैंकिङ समूहको सेयर मूल्य समेत आज पहिरो गएको छ ।
वित्तीय रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्नु, नाफा सुधार लिन लैजान नसक्नु लगायतका अनेकौं अन्यौलकाबीच लगानीकर्ता निराब बन्दै गएको अवस्था छ ।
अर्थमन्त्रालय बजेटको तयारीमा जुटेको छ । जसका लागि सबैं क्षेत्रबाट सल्लाह, सुझाव लिइ रहेको छ । लगानीकर्ताले पनि गत आर्थिक वर्षको बजेट जस्तै बजारका लगानीकर्ताको मनोबल नगिराउन अनुरोध गरी रहेका छन् । अर्थमन्त्री प्रकाश सरण महत पनि लगानीकर्ताका माग र सुझावलाई सकारात्मक तयारीले हेरेको बताउदै आएका छन् । तर अनकौं अन्योलका बीच लगानीकर्ता भने डराएको अवस्था छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७३ अकंले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसूचक नै राताम्य भएका छन् । बैंकिङ समूहको ०.४२ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, फाइनान्स समूहको १.५० प्रतिशत, हाइड्रोपावर समूहको १.२९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बिहिबार एनआइसी एशिया बैंकको ५ करोड ७५ लाख ४३ हजार रुपैयाँ र कुमारी बैंकको प्रमोटर सेयर ३ करोड ५३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
