एनआइसी एशिया बैंकसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७३ अकंले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ७५ लाख ४३ हजार रुपैयाँको कोरोबार भएकोछ ।
साथै, कुमारी बैंकको प्रोमोटर सेयरको ३ करोड ५३ लाख रुपैयाँ, एशियन लाइफको ३ करोड ३३ लाख रुपैयाँको कारोबार भएकोछ ।
