नयाँ स्टकको लाइसेन्सले लगानीकर्ता अन्यौलमा: बजार भयो राताम्य, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
१२ असार २०८२, बिहीबार

नयाँ स्टकको लाइसेन्सले लगानीकर्ता अन्यौलमा: बजार भयो राताम्य, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबारको दिने सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम दिन सुधार देखिएको बजार आज भने ओरालो लागेको हो ।

अहिले सेयर बजारमा नयाँ स्टक एक्सचेञ्जले निकै चर्चा पाइरहेको छ । नेपालमा दुई एक्सचेञ्ज चाहिदैंन र चाहन्छ भन्नेहरुको पक्ष विपक्षले लगानीकर्ता अन्यौल बनेका छन् । मंसिरमा आवेदन खुल्ला गरेको धितोपत्र बोर्डले निर्वाचन आचारसंहितालाई ध्यानमा राखि आवेदन बन्द गरेको थियो । सर्वाच अदालतले अहिले बाटो खोले पछि १० दिनको म्याद दिदै बोर्डले आवेदन दिन भनेको थियो । जुन समय आज सकिदैछ ।

भारत जस्तो ठूलो देशमा २ एक्सचेञ्जले काम गरी रहेको बेलामा नेपालमा अहिले २ एक्सचेञ्जले बजार ध्वत पार्ने प्रतिक्रिया दिदै छन् । सोहि कारण लगानीकर्ता अहिले अन्यौलमा परेका छन् । अहिले बोर्डमा नयाँ एक्सचेञ्जको लाइसेन्सका लाई २ आवेदन परेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.८० अकंले घटेर १८८५.६० बिन्दमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार होटल तथा पर्यटन समूहको सेयर मूल्य बाहेक सबैं १२ उपसूचक राताम्य भएका छन् । बैकिङ समूहको १.३४ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, फाइनान्स समूहको २.०१ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

आज मैलुङ हाइड्रोपावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ३ करोड ११ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको २ करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्