कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाए, अन्य कुनको कति घट्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७१ अकंले घटेर १८८८.३२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।
आज कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । निरन्तर सकरात्मक सर्किट लागेको कम्पनीको सेयर आज भने सर्वाधिक गुुम्न पुगेको हो ।
कम्पनीको सेयर प्रतिकित्ता ८५ रुपैयाँ ५० पैसाले घटेर ८०३ रुपैयाँमा सिमित भएको छ । साथै, सनराइज फोकस्ड फण्डको ८.८९ प्रतिशत र मैलुङ हाइड्रोपावरको ५.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
