नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएको ६ वर्षे अवधिको २०८५ ‘छ’ नाम विकास ऋणपत्र सोमबार सूचीकृत भएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएको कुल १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
कम्पनीका ऋणपत्रको ब्याजदर ८.८७ प्रतिशत रहेको छ ।