सेयर बजारमा दोहोरो अकंको सुधार: कारोबार भने ८८ करोड मै सिमित, १२ उपसूचक हरियाली « Arthapath.com
११ असार २०८२, बुधबार

सेयर बजारमा दोहोरो अकंको सुधार: कारोबार भने ८८ करोड मै सिमित, १२ उपसूचक हरियाली



काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । अघिल्लो कारोबारको दिन सामान्य सुधार आएको बजारमा आज भने दोहोरो अकंको सुधार देखिएको हो ।

अहिले सरकार बजेट निर्माणको प्रक्रियामा छ । विभिन्न संघ संस्थाहरुबाट सुझाव समेत माग गरी रहेको छ । अर्थमन्त्री प्रकाशसरण महतले लगानीकर्ताको मनोभावना बुझेर कार्य गर्ने बताएसँगै लगानीकर्ता हौसिएका छन् । देशका अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, ब्याजदर कम लगायतका कारणले पनि बजारमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अकंले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ । मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

मंगलबार म्युचुअल फण्ड समूहको सेयर मूल्य ०.०९ प्रतिशतले घटेको छ । अन्य १२ उपसूचकमा सुधार आएको छ । मंगलबार बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको १.६५ प्रतिशत, फाइनान्स समूहको १ं.२३ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ७ करोड ९१ हजार रुपैयाँको कारोबार भएको छ । साथैं, कालिञ्चोक दर्शनको ३ करोड १ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्