नेप्सेमा एक कम्पनीको १२.४० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १२.४० प्रतिशत बोनस बापतको १६ लाख ५३ हजार ६९९.९६ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।