नेप्सेमा थप तीन कम्पनीको २७ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्र २ बीमा कम्पनी र १ हाइड्रो गरी ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
३ कम्पनीको बोनस सेयर बापत नेप्सेमा २७ लाख ३१ हजार ३०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । आज नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर सूचीकृत भएको हो ।
साथै, सगरमाथा इन्स्योरेन्स कम्पनीको १२.४० प्रतिशत बोनस बापतको १६ लाख ५३ हजार ६९९.९६ कित्ता सेयर सूचीकृत भएको हो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.९९ प्रतिशत बराबरको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
तीन वटै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।