कारोबारमा निरन्तर पहिरो, सेयर बजार पनि राताम्य « Arthapath.com
११ असार २०८२, बुधबार

कारोबारमा निरन्तर पहिरो, सेयर बजार पनि राताम्य



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा ओरालो लागेको छ । अघिल्लो कारोबारको दिन दोहोरो अकंले सुधार आएको बजार आज राताम्य भएको हो ।

बजार अघि बढ्न लगानीकर्ताको मनोबल उच्च हुनु आवश्यक हुन्छ । लगानीकर्ता अन्यौलमा हुदाँ बजारले गति लिन सकेको छैन । लामो समय थला परेको बजारले उकालो यात्रा तय गर्ने सकेको छैन । नेप्से अघि बढ्नका लागि बजारमा नयाँ लगानीकर्ताको प्रवेश, नीतिनियम सेयर बजारमैत्री र मनोबल पनि सकारात्मक हुनु पर्ने जानकारह बताउछन् ।

बजार खुम्चिदैं जादा लगानीकर्ताले खरबौं सम्पति गुमाएका छन् । तरलता अभाव, चर्को ब्याजदर र पुँजी बजार विरोधी नीतिनियम एकसाथ बजारले सहन गर्ने नसक्दा बजार ओरालो लागेको भनेपनि सो सुधार आए पनि बजार माथि उठ्न सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ .करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार बजार ओरालो लागेसँगै १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६२ प्रतिशत, विकास बैंक समूहको १.०२ प्रतिशत, फाइनान्स समूहको ०.८० प्रतिशत लगायत १३ उपसूचक नै राताम्य भएका हुन् ।

त्यस्तै, आज शिवम सिमेन्टको ७ करोड १ लाख ६० हजार रुपैयाँ, तारागाउँ रिजेन्सि होटलको ३ करोड ९० लाख रुपैयाँ र एभरेष्ट बैंकको ३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्