नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापत ५८ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत आवको मुनाफबाट आफ्नो सेयरधनहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।