सेयर बजारमा छैन चमक, कारोबार ७३ करोडमा खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा कारोबार रकम समेत खुम्चिदैं गएको हो ।
बजार अघि बढ्न लगानीकर्ताको मनोबल उच्च हुनु आवश्यक हुन्छ । लगानीकर्ता अन्यौलमा हुदाँ बजारले गति लिन सकेको छैन । लामो समय थला परेको बजारले उकालो यात्रा तय गर्ने सकेको छैन । नेप्से अघि बढ्नका लागि बजारमा नयाँ लगानीकर्ताको प्रवेश, नीतिनियम सेयर बजारमैत्री र मनोबल पनि सकारात्मक हुनु पर्ने जानकारह बताउछन् । बजार खुम्चिदैं जादा लगानीकर्ताले खरबौं सम्पति गुमाएका छन् ।
बजार ओरालो यात्रा तय गर्दा लगानीकर्ता निराश बन्दै गएको अबस्था छ । नयाँ स्टक एक्सचेञ्जले बजारमा सकरात्मक परिवर्तन दिनु पर्नेमा बजार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अकंले घटेर १८८९.७३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२४ प्रतिशत र होटल तथा पर्यटन समूहको १.८३ प्रतिशतले सेयर मूल्य बढेको छ । साथै, विकास बैंक समूहको ०.१६ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशत, हाइड्रोपावरको ०.२५ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

आज एभरेष्ट बैंकको ३ करोड ७६ लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।
