नबिल बैंकको ५४ हजार कित्ता भयो कारोबार, सेयर मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अकंले घटेर १८८९.७३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार नबिल बैंकको ५४ हजार ५०८ कित्ता सेयर किनबेच हुदाँ ३ करोड २७ लाख ६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मूल्य ०.६६ प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँले घटेर ६ सय रुपैयाँमा सिमित भएको छ ।