नेप्सेमा एक कम्पनीको ६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर सूचीकृत भएको हो ।