सेयर बजारको गिरावट कायमै, झनै सुस्तायो कारोबार रकम

काठमाडौं । सेयर बजारको गिरावट कायमै रहेको छ । बुधवार पनि बजार ९.१८ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५७.२३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
बजारसंगै कारोबार रकम पनि खस्किएको छ । बधुवार ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सो दिन २१ लाख ५५ हजार ५८६ कित्ता सेयर किनबेच भएको छ । आज उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड झिनो वृद्धि भएको छ । यसका बाहेक सबै समूहहरु राताम्मे बनेका छन् ।
आज शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २ करोड ५६ लाख र तेस्रो स्थानमा रहेको हिमाल दोलखाको २ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।