नेप्सेमा मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्च कति ? « Arthapath.com
११ असार २०८२, बुधबार

नेप्सेमा मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्च कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहीबार मकर जितुमाया सुरी हाईड्रोपावरको नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सूचीकृत गरेको छ ।

नेप्सेमा कम्पनीको ओपन रेञ्च न्युनतम ९२ रुपैयाँ ७१ पैसा देखि २७८ रुपैयाँ १३ पैसा रहेको छ । कम्पनीको सिम्बोल MAKAR रहेको छ ।


प्रतिक्रिया दिनुहोस्