कुन कम्पनीका लगानीकर्ताले कति गुमाए « Arthapath.com
११ असार २०८२, बुधबार

कुन कम्पनीका लगानीकर्ताले कति गुमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिने सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर १८६९.७३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।

आज एनएमबि डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर प्रतिकित्ता ५१ रुपैयाँ ९० पैसाले घटेर ८३४ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, नेपाल एसबिआइ बैंक डिबेञ्चरको ५.३८ प्रतिशत, इस्र्टन हाइड्रोपावरको ४ प्रतिशत र बराही हाइड्रोपावरको ३.०८ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्