थप दुई कम्पनीको ३२ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
११ असार २०८२, बुधबार

थप दुई कम्पनीको ३२ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको ३२ लाख ३० हजार ९५९ सेयर सूचीकृत भएको छ । सोमबार मात्र गुराँस लाइफ इन्स्योरेन्सको बोनस र बेष्ट फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३.२७१२७७२ प्रतिशत बोनस बापतको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्