नेप्सेमा हिमाल दोलखा हाईड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने लागेको छ । कम्पनीले सेयर निष्काशनको लागि आज बुक क्लोज गरेको हो । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य १ सय ८९ रुपैयाँ ५ पैसा रहेको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य १ सय ५१ रुपैयाँ १४ पैसा रहेको छ ।
अब कम्पनीको सेयर बुधबार (बैशाख २७ गते) द्रोस्रो बजारमा कारोबार आउनेछ ।