३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर सूचीकृत, हकप्रद र डिबेन्चर कति ?

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा नेप्सेमा ३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
चैत मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.२७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.१२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कुल ३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।