लगानीकर्ताको मनोबल उच्च नहुदाँ झिनो अंकले खस्कियो बजार, कारोबार ५८ करोडमा खुम्चियो « Arthapath.com
११ असार २०८२, बुधबार

लगानीकर्ताको मनोबल उच्च नहुदाँ झिनो अंकले खस्कियो बजार, कारोबार ५८ करोडमा खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सामान्य सुधार आएको बजार फेरी आज ओरालो लागेको छ । सेयर बजार आज झिनो अकंले ओरालो लागेको हो ।

बजार बढाउन लगानीकर्ताको मनोबल पनि उच्च हुनु आवश्यक छ । अहिले बजार लगानीकर्ताले सकरात्मक समचार सुन्न नपाउँदा मनोबल खस्किदैं गएको छ । लागनीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ ।

यता अर्थमन्त्रालय बजेटको तयारीमा रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारमा देखिएको उतारचढावलाई अगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेका र आगामी बजेटमार्फत यी समस्याको समाधान गरिने बताएका छन् । तर, सधैका वर्ष झै यो वर्ष पनि भाषण र आश्वासन मै सिमित हुने डरले लगानीकर्ता डराइ रहेको अवस्था छ ।

यता, खराब सूचक रहेका कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति पाइरहेका छन् । अहिले हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्कासनका लागि ताति नै लाग्ने गरेको छ । लगानीकर्ताले बर्षौ लाभांश नपाउने खालका र नेटवर्थ नै ऋणात्मक रहेका हाईड्रोहरुको आईपीओ आउनुले पनि बजार ओरालो लागेको जानकारहरु बताउछन् ।

केन्दिय बैंकले पनि अबको केहि दिन भित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिले सधैका वर्ष झै यो वर्ष पनि माग सम्बोधन नगर्ने हो कि भन्ने अन्यौलताले लगानीकर्ता लगानी गर्ने अझै ढक्क भएको अवस्था छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४३ अकंले घटेर १८४१.९३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच हुदाँ ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार पाँच उपसूचकमा हरियाली छाएको छ । आज फाइनान्स समूहको ०.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.०९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज हिमाल दोलाखा हाइड्रोपावरको ३ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५४ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्