थप तीन कम्पनीको २० लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त, नेपाल ल्युब आयल र ज्योति विकास बैंकको २० लाख ४० हजार ९९७.१८१२ कित्ता सेयर सूचीकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर सूचीकृत भएको हो ।
नेपाल ल्युब आयल लिमिटेडको २५ प्रतिशत बोनस बापतको ९७ हजार ५६४ कित्ता सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको छ ।
बिहीबार ज्योति विकास बैंकको ३ प्रतिशत बोनस बापतको १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर सूचीकृत भएको हो ।
तीन वटै कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।