मौद्रिक नीतिले लगानीकर्ता रुष्ट, सेयर बजारमा गिरावट कायमै

काठमाडौं । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारणको दिन सेयर बजार राताम्य भएको छ । मौद्रिक नीति मार्फत पूँजी बजार सम्बन्धि कुरा नसमेटिएपछि सेयर बजार ओरालो लागेको हो ।
मौद्रिक नीतिको समीक्षामार्फत धितोपत्र बजारको परिमार्जन हुने, बैंकको ब्याजदरसँगै धितोपत्र कर्जाको १२ करोडको सीमा र सेयर धितोकर्जामा लगाइएको १५० प्रतिशतको जोखिमभार खारेज हुने आशामा बसेका लगानीकर्ता राष्ट्र बैंकले सो कुरालाई प्राथमिकता नदिदा लगानीकर्ता आक्रोसित बनेका छन् ।
नेपाली पुँजी बजार सिध्याउन सरकार नीतिगत रुपमै लागेको लगानीकर्ताले गुनासो गर्दै आइरहेका छन् । लगातार ओरालो लागेको बजारमा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाइसक्दा समेत पूँजी बजार सुधारका लागि कुनै कदम नियामक निकायले नचाल्नु बजार सक्काउने खेल भइरहेको लगानीकर्ता आरोप छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार इन्भेष्टमेन्ट समूहको सेयर मूल्य १.१३ प्रतिशतले बढ्दा अन्य १२ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७१ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको १.२६ प्रतिशत लगायत १२ उपसूचक राताम्य भएका हुन् ।

नागरिक लगानी कोषको ५ करोड ३५ लाख ७५ हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख र एनआइसी एशिया बैंकको४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
