लाभांश घोषणा गरेपछि नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ? « Arthapath.com
१० असार २०८२, मंगलबार

लाभांश घोषणा गरेपछि नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नागरिक लगानी कोषले २६.३१ प्रतिशत लाभांश घोषणा गरेसँग कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ५ करोड ३५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख र एनआइसी एशिया बैंकको४ करोड ५७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६० लाख र नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्