आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, कुन कम्पनीको सेयर कति बढ्यो ? « Arthapath.com
१० असार २०८२, मंगलबार

आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, कुन कम्पनीको सेयर कति बढ्यो ?



काठमाडौं । सेयर बजारमा ओरालो यात्राले निरन्तर पाएको छ । मौद्रिक नीतिमा लगानीकर्ताका माग सम्बोधन नहुनाले बजार राताम्य भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ । २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको हो ।

आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ६६ रुपैयाँ १० पैसाले बढेर ७२७ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै, नागरिक लागनी कोष ३.९३ प्रतिशत, मिथिला लघुवित्तको ३.८६ प्रतिशत, बराही हाइड्रोपावरको ३.७८ प्रतिशत र स्वाबलम्बन लघुवित्तको ३.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्