सेयर बजार झिनो अकंले घट्यो, कारोबार ७२ करोडमा खुम्चियो « Arthapath.com
१० असार २०८२, मंगलबार

सेयर बजार झिनो अकंले घट्यो, कारोबार ७२ करोडमा खुम्चियो



काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले लगानीकर्ता रुष्ट हुदाँ बजारले ओरालो दिसा समालि रहेको छ । मौद्रिक नीति मार्फत पूँजी बजार सम्बन्धि कुरा नसमेटिएपछि सेयर बजार ओरालो लागेको हो ।

मौद्रिक नीतिको समीक्षामार्फत धितोपत्र बजारको परिमार्जन हुने, बैंकको ब्याजदरसँगै धितोपत्र कर्जाको १२ करोडको सीमा र सेयर धितोकर्जामा लगाइएको १५० प्रतिशतको जोखिमभार खारेज हुने आशामा बसेका लगानीकर्ता राष्ट्र बैंकले सो कुरालाई प्राथमिकता नदिदा लगानीकर्ता आक्रोसित बनेका छन् । लगानीकर्ताको अर्बौ रकम गुमाइ रहदाँ समेत नियामक निकाय अझैं मुख दर्शक भएका छन् ।

नेपाली पुँजी बजार सिध्याउन सरकार नीतिगत रुपमै लागेको लगानीकर्ताले गुनासो गर्दै आइरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर १८१८.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच हुदाँ ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।

आइतबार ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.३१ प्रतिशत, फाइनान्स समूहको ०.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज एनआइसी एशिया बैंकको ३ करोड ४ लाख ६७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्