एक कम्पनीको साढे २ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस बापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत गरेको हो ।