एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, यी हुन् आज गुमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अकंले बढेर १८२१.६० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ ।
मंगलबार माइ खोला हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३३ रुपैयाँ ५० पैसाले घटेर ३०१ रुपैयाँ ५० पैसा पुगेको छ ।
आज एनआइबिएल ग्रोथ फण्डको ५.६४ प्रतिशत, इस्र्टन हाइड्रोपावरको ४.५९ प्रतिशत, मानुषि लघुवित्तको ४.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
